
पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी गाउँपालिकामा संयुक्त बजार अनुगमन गरिएको छ। तातोपानी-३ लिताकोट र २ को जर्मी बजारमा संचालन गरिएका खुद्रा पसल,मासु पसल , खाजा पसल तथा होटेलमा अनुगमन गरिएको हो।

अनुगमनको क्रममा केही खुद्रा पसलहरु दर्ता नगरेर संचालन गरेको पाइएकोले ब्यबसायीलाई दर्ता गरि संचालन गर्न सुझाव दिइएको अनुगमन समिति संयोजक तथा तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले बताइन् । पहिलो पटक सचेत गरिएको र अटेर गरेमा कानुन बमोजिम कारबाही गरिने उपाध्यक्ष रावलको भनाइ छ। तातोपानीका सम्पुर्ण बजारमा क्रमशः अनुगमन गरिने पालिकाले जनाएको छ।

तातोपानी गाउँपालिकाको आयोजनामा भएको उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय , उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय , खाध्य प्रबिधि तथा गुण नियन्त्रक कार्यालय , पत्रकार र तातोपानीका सम्बन्धित कर्मचारीहरुको सहभागिता रहेको थियो ।

हाम्रो कर्णाली । २२ जेष्ठ २०८३, शुक्रबार २१:५०