जुम्ला बहुमुखी क्याम्पसमा स्नातक तहमा पत्रकारिता पढाइ हुने

पदम शाही ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको माथिल्लो कर्णालीकाे एकमात्र आंगिक क्‍याम्पस जुम्ला बहुमुखी क्याम्पसमा अब चार वर्षे स्नातक तहमा पत्रकारिता विषयको पढाइ हुने भएको छ । बुधबार जुम्ला बहुमुखी क्याम्पसकाे आयाेजनमा भएको स्नातक तहमा मानविकी तथा सामाजिक शास्त्र संकाय विस्तारका लागि जुम्लास्थित सराेकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा बाेल्दै क्याम्पस प्रमुख प्रकाश चद्र खत्रीले क्याम्पसमा पत्रकारिता विषय अध्ययन गर्नेका लागि चाहिने स्रोत साधन अध्ययन गर्नेका लागि त्रिभुवन विश्वविद्यालयकाे टाेलि स्थलगत सम्भाव्यता अध्ययन गर्न जुम्ला पुगेको बताए । लामो समयको मेहनतले सबै निकायको साझा प्रतिबद्ताले अब घरमै बसेर स्नातक तहको आमसंचार तथा पत्रकारिता विषय पढाइ हुनु क्याम्पसका लागि अवसर र चुनाैति रहेको छ। पत्रकारिता विषयको अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढेको र जुम्ला लगायत कर्णालीका विद्यार्थीसमेत पत्रकारिता अध्ययनका लागि टाढा जानुपर्ने भएको औल्‍याउँदै क्याम्पसले त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र केन्दीय विभाग प्रमुुख प्रा.डा.रामप्रसाद ज्ञवाली,त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र संकायका प्रमुख डा. वामदेव अधिकारी र विनोद श्रेष्ठकाे टाेलिले अध्ययन पूरा गरेपछि अब जुम्लामा बसेर स्नातक पत्रकारिता पढाइ हुने जुम्ला बहुमुखी क्याम्पसका प्रमुख खत्रीको भनाइ छ।


नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पुर्ण प्रसाद चाैलागाईले पत्रकारिता तथा आमसञ्चार विषयको माग बढेकोले स्नातक तहमा पत्रकारिता विषयको पढाइ जुम्लामा सुरू हुनु याे क्याम्पसकाे सकारात्मक कामको थालनी हाे।  अहिले जिल्लामा बसेर पत्रकारिता गरिरहेका पत्रकारदेखि अन्य विद्यार्थीलाई पत्रकारिता स्नातक तहसम्म अध्ययन गर्ने निकै राहत मिल्ने बताउनुभयो । निपक्ष पत्रकारिताले मात्रै समाजलाई सही बाटोमा लैजाने भएकोले पत्रकारिताकाे विषयले अझै मजबुत र थप पत्रकारिता सम्बन्धि ज्ञान प्रदान गर्ने जिल्ला समन्वय समितिका प्रमुख गैरीनन्द आचार्यकाे भनाइ छ। पत्रकारिता विषय सैद्धान्तिक मात्र नभइ व्‍यवहारिक ज्ञान, सिपसँग जोडिएको छ । बजारको माग अनुसारको जनसशक्ति उत्पादन गरिनुपर्छ । पत्रकारितामा स्थापित हुने दक्ष जनशक्ति क्याम्पसले उत्पादन गर्नुपर्ने हुन्छ । क्याम्पसकाे सबै स्रोत साधनको व्यवस्थापनले स्नातक तह पत्रकारिता पढाइ जुम्लामा सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र केन्दीय विभाग प्रमुुख प्रा.डा.रामप्रसाद ज्ञवालीले जानकारी दिनुभयो । सबै सराेकारवालाहरुबाट आएकाे सुझावलाई ग्रहण गरि त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद् बाट पारित गरि आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातक तहको पठनपाठन सुरु गर्ने जुम्ला बहुमुखी क्याम्पसलाई छिट्टै मान्यता दिइने त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र केन्दीय विभागका प्रमुुख प्रा.डा. ज्ञवालीले भनाइ छ।

तपाईको प्रतिक्रिया