गुठीचौर- ३ मा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम

पूर्ण चौलागाईं ।
जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ मा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी एकदिने अभिमुखीकरण तथा सूचना प्रवाह कार्यक्रम सम्पन्न भएको छ। वडाका कुनै पनि नागरिकहरु वैदेशिक रोजगारीमा जादा दु:ख नपाउन साथै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले वडाको आयोजनामा सो कार्यक्रम गरिएको वडा अध्यक्ष इन्द्र बुढाले बताए । यो कार्यक्रमले स्थानीयवासीहरूलाई सचेत गराउन महत्वपूर्ण भुमिका खेल्ने वडा अध्यक्ष बुढाको भनाइ छ।
आगामी बर्ष विभिन्न सचेतताका कार्यक्रम संचालन गरिने वडाले बताएको छ।

तपाईको प्रतिक्रिया