जुम्लामा क्रसर उद्योग अनुगमन, कानुन बिपरित संचालनमा रहेका उद्योग बन्द गर्ने चेतावनी

पूर्ण चौलागाईं ।
जुम्लामा संचालनमा रहेका क्रसर उद्योग अनुगमन गरिएको छ।आइतबार तिला,तातोपानी र चन्दननाथ नगरपालिका भित्र संचालनमा रहेका उद्योगको अनुगमन गरिएको हो।तिला -३ त्रिवेणिमा रहेको क्रसर उद्योग, तातोपानी -१ मा रहेको क्रसर उद्योग,तातोपानी -५ ऐरेनिमा रहेको क्रसर उद्योग, चन्दननाथ-९ उठिल्यामा रहेको क्रसर उद्योग र चन्दनानथ नगरपालिका भाइरल पुल नजिक रहेको क्रसर उद्योगको अनुगमन गरिएको छ। अनुगमनको क्रममा अबैध रूपमा गिट्टी बालुवा उत्खनन गरि उद्योगहरु संचालन गरेकोले अनुगमन थालिएको बिपद ब्यबस्थापन समितिका अध्यक्ष तथा जुम्ला जिल्ला प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । नदि तथा राजमार्गबाट २ सय मिटर टाढा राख्नु पर्ने कानुनी प्रावधान रहेको र कानुन बिपरित संचालनमा रहेका क्रसर उद्योगहरुलाई १ महिनाको समय दिइएको र सोही बमोजिम अटेर गरेमा उद्योग बन्द गर्न निर्देशन गरेको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाइ रहेको छ। अबैध संकलन गरिएको गिट्टी ,बालुवाको स्थानीय सरकारलाई कर तिरेर मात्र बिक्रीवितरण गर्न निर्देशन गरिएको छ।
अनुगमनमा सरोकारवालाको सक्रिय सहभागिता रहेको थियोे ।

तपाईको प्रतिक्रिया