पातारासी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

पदम शाही ।
जुम्लाका आठ वटा स्थानीय तह पुर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा भएका छन् । बुधबार पातारासी गाउँपालिका लाई पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिकाको रूपमा घोषणा गरिएको छ।
पालिका स्तरीय खोप समन्वय समितिको आयोजनामा आयोजित विशेष समारोह बीच गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।
गाउँपालिका भित्र रहेका ७ वटै वडाका १५ महिना सम्मका २३५ बालबालिकाले खाेप प्राप्त गर्ने संख्या रहेकाे स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाले जानकारी दिए ।
उनका अनुसार, १६ देखि २३ महिनाका २०८ बालबालिकाले खाेप प्राप्त गरेका छन् भने, २४४ जना बालबालिकाले पुर्ण खाेप प्राप्त गर्नेकाे संख्या रहेकाे प्रमुख बुढ्थापाले जानकारी दिए ।
उनका अनुसार बालबालिकालाई बीसीजी, डिपिटी–हेपटाइटिस बी, हिब, पीसीभी, ओपीभी, दादुरा, रुबेला, जापानिज इन्सेफ्लाइटिस, एफआईपीभी तथा टीसीभी लगायतका १३ प्रकारका एन्टिजेन शतप्रतिशत रूपमा प्रदान गरिएको बताए ।
गाउँपालिका अध्यक्ष पुर्णसिंह बाेहाेराले विकट भौगोलिक अवस्था हुँदा हुँदै पनि गाउँपालिकाले खोप अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको बताए ।
उनले कुनै पनि बालबालिका खोप सेवा बाट वञ्चित नहोस् भन्ने उद्देश्यले आगामी दिनदेखि पालिका भित्रका सबै स्वास्थ्य शाखामा विषेश अनुगमन चलाइने बताए । उनले भने, अझैपनि बालबालिकाहरू खाेप बाट बन्चित हुनु याे सरासर पालिका भित्रका स्वास्थ्यकर्मीकाे कमजोर रहेकाे बताए ।
म अब पालिका भरि अप्रेसनका साथ स्वास्थ्य शाखाकाे अनुगमन गरि स्वास्थ्य लाई प्रभावकारी बनाउइने बताए । आगामी घरदैलो अभियान, नियमित अनुगमन र स्वास्थ्यकर्मी परिचालनलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले बालबालिकाका लागि खोप अत्यन्त महत्वपूर्ण रहेको बताउँदै खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिका छुट्न नहुने धारणा राखे ।
उनका अनुसार, अबका दिनमा खाेप त महत्त्वपूर्ण छदैछ पालिकाले लागू औषधका कार्यक्रम पनि गर्न पर्ने बताए प्रमुख आचार्यले भने, पहिले समयमै खाेप नपाएर बालबालिका कुपोषण हुने गरेकाे थियाे । तर आज समयमै खाेप पाउँदा हिजाेका बालबालिका र आजका बालबालिकामा धेरै भिन्नता रहेकाे बताए ।
प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले पालिकालाई घाेषणा गरेर मात्र नहुदै भन्दै याे व्यबहारमा लागू गर्न पर्ने बताए । उनका अनुसार, मानव जीवनका लागि स्वास्थ्य महत्त्वपूर्ण रहेकाले पालिकाले पनि स्वास्थ्य क्षेत्र लाई विषेश प्राथमिकताका साथ हेर्न पर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी पाैडेले भने, जनस्वास्थ्य कार्यालयकाे सक्रियतामा जुम्लाका आठै स्थानीय तह लाई पुर्ण खाेप सुनिश्चितता पालिका घाेषणा गरिएको छ अब पुरै जिल्ला लाई नै पुर्ण खाेप सुनिश्चितता जिल्ला घाेषणा गर्न जनस्वास्थ्यकाे अहम् भुमिका रहन्छ भन्ने आस रहेकाे बताए ।
त्यसै उपाध्यक्ष जनमायाँ राेकायाले स्वास्थ्य क्षेत्रमा पालिकाले विषेश तवरबाट हेरिरहेकाे बताइन् । उनका अनुसार, कुनै पनि काम गर्न सबैकाे साथ सहयाेगकाे अपरिहार्य रहने हुदा साथ बिना कुनै पनि काम गर्न नसकिने बताइन् ।
उनले भनिन् , पालिकामा अझै पनि खाेप बाट केही बालबालिका बन्चित भएका छन् भन्ने खबर आएको छ , आगामी दिनमा पालिका भित्र रहेका बालबालिकालाई कुनै पनि खाेप बाट बन्चित नहुन पालिकाकाे विषेश अप्रेसन रहने उपाध्यक्ष राेकायाले बताइन्।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगो बनाउन हरेक वर्ष वैशाख महिनालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना महिनाका रूपमा मनाइने बताए ।
उनका अनुसार, कुनै बालबालिका खाेप बन्चित नहुन भन्नका लागि हामीले वडा देखि पालिका सम्म पुर्ण खाेप सुनिश्चित घाेषणा गर्दै आएका छाै । राेग लाग्नु भन्दा राेगकाे बाटाे छेक्नुपर्छ त्यसैले बालबालिका लाई ठुलाे राेगबाट बचाउनका लागि खाेप अनिवार्य रहेेकाे प्रमुख शर्माले बताए ।
उनले खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औल्याए ।
उक्त कार्यक्रममा स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया