
पूर्ण चौलागाईं ।
शुक्रबार राती परेको बर्षापछि चन्दननाथ नगरपालिका वडा न.१ मा रहेको ठिन्के सिचाइ कुलो पहिलोले भत्काएको छ। च.ना.-१ स्थित बच्छिउ गुडामा करिब २५ मिटर सिचाइ कुलो पहिरोले क्षेती गरेको चन्दननाथ १ का वडा अध्यक्ष तिलक प्रसाद न्यौपानेले बताए । भत्किएको उक्त सिचाइ कुलो चन्दननाथ नगरपालिकाको बिपद कोषबाट शनिबारदेखि नै मर्मत कार्य सुरु गरिएको वडा अध्यक्ष न्यौपानेको भनाइ छ। वडाले तत्काल अनुगमन गरि मर्मत कार्य सुरु गरिएको बताइएको छ।
सो कुलोबाट झन्डै १ हजार मुरि खेतमा सिचाइ हुँदै आएको छ।
रोपाइको मुखमा कुलो भत्किएपछि कृषक चिन्तित भएका छन्।


हाम्रो कर्णाली । ९ जेष्ठ २०८३, शनिबार १५:१५