जुम्लामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन् ,अनुगमन समिती मुखदर्सक

जुम्लामा अबैध रूपमा गिट्टी बालुवा उत्खनन् कार्य रोकिएको छैन। यस कार्यले जुम्लामा बिपद निम्तिने जोखिम देखिन्छ । जुम्लाका ८ वटै स्थानीय तहमा अवैध रुपमा गिट्टी बालुवा उत्खनन् कार्य हुने गरेको यत्रतत्र देखिन्छ।जुम्ला  जिल्लामा जिल्ला  समन्वय समिति प्रमुख गौरिनन्द आचार्यकोको संयोजकत्वमा अनुगमन समिति रहेको र उक्त समिती मुखदर्सक भएको प्रमुख जिल्ला अधिकारी दिपक पौडेलले बताए । नदीमा अवैध रुपमा गिट्टी, बालुवा उत्खनन् गरि कानुनलाई आफ्नो हातमा लिन खोज्ने जो-कोहिलाइ कानुनी कारर्वाही गरिने प्रजिअ पौडेलको भनाइ छ।
जिल्लामा हुने विपद्को बैठकमा पटक–पटक अवैध रुपमा संचालन भएका क्रसर उद्योगहरूलाई बन्द गर्न निर्देशन दिएपनि सुनुवाई भएको छैन । विना दर्ता र अनुमति विना संचालित क्रसर उद्योगलाई बन्द गरिने छ ।
जिल्लामा संचालित कतिपय विकास निर्माणका आयोजनाले काम सकिएपछि पनि क्रसर उद्योग चलाएर गिट्टी, बालुवा बिक्री गर्दै आएको नागरिक समाज जुम्लाका संयोजक राज बहादुर महतले बताए ।
नदीनालाबाट जबर्जस्ती ढुङ्गा, गिट्टी, बालुवा उत्खननले भविष्यमा ठुलो विपद्को समस्या खडा गर्ने जिल्ला समन्वय समिति जुम्लाका समन्वय अधिकारी रोम बहादुर महतले बताए ।
स्थानीय सरकारको आफ्नो प्रमुख आन्तरिक राजस्व संकलनमा वृद्धि गर्नेका लागि जथभावी रुपमा उत्खनन गरेका नदीजन्य पदार्थ ढुङ्गा,गिट्टी, बालुवालाई कानुन दायरमा ल्याइने चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायले बताउनुभयो ।
विपद्को बेला समयमै प्रतिकार्य योजना निर्माण गरी विपद् व्यवस्थापनलाई चुस्त र प्रभावकारी बनाउन आवश्यक रहेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए  । क्रसर उद्योगहरूको मापदण्ड र उत्खननलाई व्यवस्थापन गर्नुपर्ने कार्यक्रमका सहभागीहरुको भनाइ छ ।
नदीका किनारमा रहेका अधिकांश उद्योगहरू अवैध रुपमा संचालनहुने गरेको जनगुनासो व्यापक आउने गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

तपाईको प्रतिक्रिया