सातौं जुम्ला-रारा अल्ट्रा म्याराथनमा एक हजार खेलाडी प्रतिस्पर्धा गर्ने

 

पूर्ण चौलागाईं ।
सातौ जुम्ला-रारा अल्ट्रा म्याराथनमा एक हजार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । कर्णाली स्पोर्ट क्बलले म्याराथनको तयारी पूरा भएको जानकारी दिएको छ ।
वैशाख २६ गते सुरु हुने प्रतियोगिताको तयारीबारे बुधबार पत्रकार सम्मेलन गरी आयोजक कर्णाली स्पोर्ट क्लबले जानकारी दिएको हो ।
जुम्ला रारा अल्ट्राम्याराथन अन्तर्गत तीन विधामा प्रतिस्पर्धा हुने आयोजकले जनायको छ।
जसमा ५ किमी, १० किमी र ५४ किमी दुरीको दौड प्रतियोगिता हुने छ । विगतमा जुम्ला-रारा अल्ट्रा म्याराथनको ५१ किमी दुरी रहेकोमा हाल ५४ किमी कायम गरिएको छ ।
आयोजकका अनुसार ५ किमी दुरीमा ६ सय ५० भन्दाबढी, १० किमी तर्फ २ सय बढि र ५४ किमी दुरी तर्फ १३५ जना खेलाडीले नाम दर्ता गराएका छन्। यस पटकको प्रतियोगितामा भारत,फ्रान्स,अमेरिका,बेलायत,नेदरल्याण्ड र ईटली लगायका देशबाट खेलाडीहरुले नाम दर्ता गराएका छन ।यदपी हाल सम्म भारत र फ्रान्सका खेलाडी जुम्ला पुगेका छन ।
प्रतियोगितामा महिला पुरुष तर्फका प्रथम,द्वित्तिय,तृतिय, सान्तोवना र पाचौं स्थानमा आउने खेलाडीलाई पुरस्कार बापत क्रमश: जनही नगद एक लाख,७५ हजार, ५० हजार, २०/२० हजार लगायत ट्रफी प्रमाण-पत्र प्रदान गरिने क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी अधिकारी दीपक पौडेलले सातौ जुम्ला-रारा अल्ट्राम्याराथनले कर्णालीको साहसीक पर्यटनलाई प्रर्बद्वन गर्नुका साथै कर्णालीलाई विश्वमा चिनाउन टेवा पुराएको बताए । नयाँ खेलाडी उत्पादन देखी कर्णालीलाई खेल पर्यटनको केन्द्र बनाउन म्याराथन कोशेढुंगा सावित भएको र निरन्तरताको शुभकामना दिए ।

तपाईको प्रतिक्रिया