
पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी र तिला गाउँपालिकामा बजार अनुगमन गरिएको छ। तातोपानी -२ जर्मी र तिलाको सेरि बजार ,त्रिबेणि र कुडारी बजारमा अनुगमन गरिएको हो।
अनुगमनको क्रममा मिति सकिएका खान नमिल्ने चाउचाउ ,बिष्कुट, चोकोपाइ जस्ता करिब २९ हजार मुल्य बराबरका बस्तुहरु जफत गरि नष्ट गरिएको उधोग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख मन्दिरनाथ योगिले बताए । नियमित बजार अनुगमन गर्ने क्रममा बुधबार दुई पालिकाका केही बजारमा अनुगमन गरिएको प्रमुख योगिको भनाइ छ।

व्यापारीलाई न्युनतम कानुनी मापदण्ड पूरा गर्न सुझाव दिदै समय सकियका बस्तु बेच्नु अपराध भएकोले दोर्सो पटक पसलमा त्यस्ता बस्तु भेटिएमा कानुन बमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी मीन बहादुर रावलले बताए ।
कुनै पनि व्यबसाय कानुन बमोजिम दर्ता गरेर मात्र संचालन गर्न तिला गाउँपालिका उपाध्यक्ष गोरिकला बुढाले व्यबासायीलाई आग्रह गरिन।उपभोक्ताको स्वास्थ्यमा असर पर्ने हुँदा म्याद नाघेका बस्तु उपभोग नगर्न र सचेत हुनुपर्नेमा उपाध्यक्ष बुढाको जोड छ।
तातोपानी र तिलामा खुद्रा पसल ,औषधि पसल,कपडा पसल लगायतमा अनुगमन गरिएको थियोे ।


हाम्रो कर्णाली । २३ बैशाख २०८३, बुधबार १९:५९