समाजसेवि अमर बिष्टले गरे विद्यार्थीलाई पोशाक सहयोग

पूर्ण चौलागाईं ।
जुम्लाको पातारासी गाउँपालिकाका युवा समाजसेवि अमर विष्टले जुम्लाका दुई सामुदायिक विद्यालयका २४२ जना विद्यार्थीलाई पोशाक सहयोग गरेका छन् ।
विष्टले तिला गाउँपालिका–१ स्थित रारा गाउँमा रहेको महादेव आधारभुत विद्यालयका १३३ जना विद्यार्थी र तातोपानी गाउँपालिका–६ स्थित हियाँखोलामा रहेको कालिका आधारभुत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरेक हुन् ।
विदेशमा कमाएको पैसा बचत गरी केही राहत होस् भनेर गाउँका आधारभुत विद्यालयका विद्यार्थीलाई पोशाक (ट्रयाक सुट), र टिसर्ट वितरण गरिएको समाजसेवि अम्मर विष्टले बताए ।


सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु बिपन्न हुने र उनिहरुको आर्थिक अवस्था कमजोर भएको कारण ती विद्यार्थीहरुको पठनपाठनमा आउने कठिनाईहरुमा केही सहजता होस् भन्ने उद्देश्यले पोशाक र १ महिना पहिला शैक्षिक सामग्री सहयोग गरेको युवा समाजसेवि विष्टको भनाइ छ ।
विद्यार्थीको पठनपाठनमा सहजतासँगै विद्यार्थी बीच पोशाकले एकरूपता ल्याउने महादेव आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर बुढाको भनाइ छ । पोशाकका कारण विद्यार्थी विद्यालयमा उपस्थित नहुने वातावरण अन्त्यका लागि उक्त पोशाकले मद्दत पुग्ने वडाध्यक्ष जंग बहादुर बस्नेतको भनाइ छ।
हामीसँग वडास्तरमा आएको बजेट थोरै नै हुन्छ । वडाध्यक्ष बस्नेतले भन्नुभयो,“ शिक्षित समाजको पहिलो आधार नै शिक्षा हो, शिक्षालाई सुधार गर्न सकेमात्र समुन्नत समाज बन्न सक्छ ।” विद्यार्थीलाई पोशाकको कारण अब असहजहुने छैन । वडाले शैक्षिक सुधारको अन्त्यका लागि विभिन्न गतिविधि संचालन गर्दे आएको वडाध्यक्ष बस्नेतको भनाइ छ ।

तपाईको प्रतिक्रिया