
हाम्रो कर्णाली जुम्ला।
जुम्लामा अग्नि नियन्त्रण सम्बन्धि तालिम संचालन भएको छ। लागलागी जुन बेला पनि हुन सक्ने सम्भावना भएको हुँदा समयमै आगो नियन्त्रणमा लिइ धनजनको क्षेती हुनबाट जोगाउने हेतुले सो तालिम संचालन गरिएको चन्दननाथ -५ का वडा अध्यक्ष बिर्ख बहादुर कार्किले बताए ।
बिपद जोखिम न्यूनीकरण गर्न नगरपालिका जुटिरहेको नगर प्रमुख राजुर्सिह कठायतले बताए ।बिपद जोखिम न्यूनीकरण गर्न नगरले कुनै पनि कसुर बाकी नराख्ने नगर प्रमुख कठायतको भनाइ छ।
चार दिनसम्म संचालन हुने उक्त तलिममा नगरप्रहरी ,सुरक्षा निकाय र चना-५ का अगुवा नागरिकहरुको सहभागिता रहेको छ।

चन्दनाथ -५ को आयोजना र रेडक्रस शाखा जुम्लाको सहजीकरणमा सो तालिम संचालन भएको आयोजकले जनाएको छ।




हाम्रो कर्णाली । १२ बैशाख २०८३, शनिबार २२:५४