
नेपाल सुनचाँदी ब्यबसायी संघ जुम्लाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।शनिबार सम्पन्न भएको सो सभामा संघका कोषाध्यक्ष सुकबिर सुनारले संघको आय र व्याय प्रस्तुत गरेका थिए ।जस्मा असार मसान्तदेखी चैत्र महिनासम्म जम्म २ लाख ५९ हजार आम्दानी भएको र २ लाख १० हजार खर्च भएको कोषाध्यक्ष सुनारले बताए ।
सुनचाँदी ब्यबसायीका थुप्रै समस्याहरु भएका र समाधानमा सरोकारवाला निकाय मौन रहेको संघका महासचिव ज्ञान बहादुर सुनारले बताए ।कार्यक्रमका प्रमुख अतिथी उधोग वाणिज्य संघ जुम्लाका कार्यबाहक अध्यक्ष नन्द गुरुङले पछिल्लो समयमा सुनचाँदी ब्यबसायी संघ कृयाशिल रहेको र संघका समस्या समाधान गर्न उधोग वाणिज्य संघ जुम्ला शाखा सकारात्मक रहेको बताए ।

सुनचाँदी ब्यबसायी संघ जुम्लाका अध्यक्ष राजु गहताराजले संघमा आबद्ध सम्पुर्ण सदस्यहरुको हक,हित र अधिकारको लागी वकालत गर्न आफुले नेतृत्व गरेको र संघका समस्या समाधान गर्न सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने बताए ।
उक्त साधारणसभा मा ब्यबसायी संघका पदाधिकारी र साधारण सदस्यहरुको सहभागिता रहेको थियो।

हाम्रो कर्णाली । १९ बैशाख २०८३, शनिबार २०:४५