
तातोपानी -५ श्रीनगर स्थित कालिका आधारभुत बिद्यालयमा सोमबार नव बर्ष २०८३ सालको पावन अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ। बिद्यालय ब्यबस्थापन समिती,शिक्षक-शिक्षिका,अभिभावक र बिध्यार्थी बिच शुभकामना आदानप्रदान गरिएको हो।
आगामी दिनमा बिद्यालयको शैक्षिक र भौतिक बिकास गरि गुणात्मक शिक्षामा उल्लेखनिय उपलब्धि हासिल गर्न उक्त कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष डिलेस रावतले बताए । बिद्यालयको समग्र बिकासमा अभिभावकको अहम् भुमिका रहेको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष रावतको भनाइ छ।





हाम्रो कर्णाली । ३० चैत्र २०८२, सोमबार १९:३०