
पूर्ण चौलागाईं ।
आफ्नो जन्मदिनको अबसरमा जुम्लाका दुई युवाले दुर्गम गाउँका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन् । युवा विशाल जंग महत र रुपेश जंग शाहीले बिपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

महतले पातारासी -३ स्थित हुरि ,मोहोरी दुर्गम गाउका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री र चामल सहयोग गरेका थिए । त्यसै शाहिले आफ्नो जन्मदिनको अबसरमा चन्दननाथ-८ स्थित जातिभिड गाउका बिपन्न बालबालिकालाई शैक्षिक सामग्री र खेलकुदका सामग्री सहयोग गरि जन्मदिन मनाएका हुन् । युवाले गरेको स्वागत योग्य कामको पातारासी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत निस्चल न्यौपानेले प्रसंशा गरेका छन् । राम्रो कामको लागी युवालाई सधैं आफ्नो सहयोग रहिरहने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेको भनाइ छ।





हाम्रो कर्णाली । २८ चैत्र २०८२, शनिबार २१:३२