हिमशिखर माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरियो

पूर्ण चौलागाईं ।
जुम्लाको हिमशिखर माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको छ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत जुम्लाको हिमशिखर माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट १२ मिनेटमै सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको छ।
उक्त केन्द्रमा परीक्षा दिइरहेका कालिका माध्यमिक विद्यालयका एक विद्यार्थीले परीक्षा हलभित्रै मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिर पठाएका हुन्।
यसअघि पनि दुर्गा माध्यमिक विद्यालय, लाम्रा केन्द्रमा उत्तरपुस्तिका हराएको भन्दै विवाद भएको थियो।
सो बिषयमा अनुशन्धान गरि दोसिलाइ कारबाही गरिने जुम्लाका शिक्षा बिकास तथा समन्वय एकाई प्रमुख रछाने लोवारले बताए ।




तपाईको प्रतिक्रिया