प्रथम स्वबियु कपको उपाथी पातारासीले उचाल्यो

पदम शाही ।
प्रथम स्वबियु कपको उपाथी पातारासी गाउँपालिकाले उचालेको छ।शनिबार भएको फाइनल खेलमा तातोपानी गाउँपालिकालाई हराउदै पातारासीले उपाधी उचालेको हो। तातोपानीले उपबिजेतामै चित्त बुझाएको हो।


उपाधी बिजेता पातारासीले एक लाख एक हजार एक सय एक नगद सहित मेडल र कप प्राप्त गरेको छ भने उपबिजेता तातोपानीले एकाउन्न हजार एक सय एक रुपैयाँ नगद सहित मेडल र कप प्राप्त गरेको छ स्वबियु सभापती लोकेन्द्र बुढाले बताए । यस प्रतियोगिताले जुम्ला जिल्लाका खेलाडीको प्रतिभा पहिचानमा महत्त्वपूर्ण भुमिका खेल्ने जुम्ला स्वबियु सभापती बुढाको भनाइ छ।


स्वतन्त्र विद्यार्थी युनियन जुम्लाले आयोजना गरेको सो प्रतियोगितामा जिल्लाका ९ समुहले प्रतिस्पर्धा गरेका आयोजकले जनाएको छ।




तपाईको प्रतिक्रिया