
पूर्ण चौलागाईं ।
जिल्ला कारागार जुम्लामा ६२ जना कैदि बन्दीहरुको स्वास्थ्य परिक्षण तथा मानसिक परामर्श कार्यक्रम गरिएको छ। बिश्व क्षयरोग दिवसको अवसरमा सो कार्यक्रम गरिएको हो।

मानसिक स्वास्थ्य सम्बन्धि उपचार तथा परामर्श २१ जना , क्षयराेगकाे लागि सम्भाबित सिफारिस गरि परिक्षण गर्न पठाईएका ९ जना र उच्च रक्तचापका १० जना रहेका जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए । हरेक दुई महिनामा स्वास्थ्य परिक्षण गरिने कार्यक्रम रहेको प्रमुख शर्माको भनाइ छ। साथै आज दिबसको अबसरमा कारागारका कैदी बन्दिहरुलाइ फलफुल समेत बितरण गरिएको छ।
कैदि बन्दीहरु घर परिवार तथा आफन्तदेखी टाढा रहने भएको हुदा विभिन्न मानसिक समस्याहरु आउने सम्भावना बढी हुने भएकोले यस्ता कार्यक्रमले उनिहरुको जिवनमा महत्त्वपूर्ण भुमिका खेल्ने कार्यक्रमका प्रमुख अतिथि निमित्त प्रमुख जिल्ला अधिकारी मीन बहादुर रावलले बताए ।

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो।




हाम्रो कर्णाली । १० चैत्र २०८२, मंगलवार २१:०३