
पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी गाउँपालिका वडा नं.४ स्थित गौतमबाडामा बुधबार शंकास्पद बस्तु डिस्पोज गरिएको छ। देवीदत्त गणबाट खटिएको बम डिस्पोजल टोलिले उक्त शंकास्पद बस्तु डिस्पोज गरेको हो।

गौतमबाडा निवासी रत्नावती उपाध्यायको बारी खन्ने क्रममा बुधबार दिउसो ३:३० बजे सो बस्तु (सकेट) फेला परेको जानकारी प्राप्त भएपछि दिउँसो ५:२५ बजे उक्त शंकास्पद बस्तु डिस्पोज गरिएको नेपाली सेनाले जनाएको छ।




हाम्रो कर्णाली । ११ चैत्र २०८२, बुधबार २०:२५