गाउँका डाक्टरसँग सम्पर्क गर्न मोवाईल सेवा


जुम्ला ः महिला स्वयम् सेविका अहिले गाउँका डाक्टर जस्तै छन् । गाउँमा कोही विरामी हुदा वा महिला सुत्केरी बेथा लाग्दा पहिलो महिला स्वयम् सेविकासँग सम्पर्क हुन्छ । विरामीले स्वयम् सेविका पछ्याउने र स्वयम् सेविकाले पनि विरामी पछ्याउदै आएका हुन्छन् ।
डिजिटल प्रविधिको दुनियाँमा पुरानै परम्परा गतरुपमै व्यक्ति व्यक्तिबाट खबर आदान प्रदान गरिने गरिन्थ्यो । यस्तै समस्यालाई मध्येनजर गर्दै तातोपानी गाउँपालिकाले गाउँका डाक्टर महिला स्वयम् सेविकासँग सम्र्पक गर्न मोवाइल वितरण गरिएको छ । विरामी र महिला स्वयम् सेविका बीच सूचना प्रवाह गर्न सजिलो भन्ने उद्देश्यका साथ मोवाईल वितरण गरेको हो ।


तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौलगाईका अनुसार सुचना प्रभावकारी गर्नका लागि सादा मोवाईल सेट वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईमार्फत महिला स्वयम् सेविकालाई मोवाईल वितरण गरेका हुन् ।
तातोपानी गाउँपालिका वडा नम्बर १–८ का ६७ जना महिला स्वास्थ्य स्वंसेविकालाई नै मोवाईल वितरण गरिएको हो । महिला स्वास्थ्य स्ंवसेविकालाई स्वास्थ्य क्षेत्रमा काम गर्ने क्रममा सूचना आदान प्रदान गर्न गाउँपालिकाकै नाममा सिम निकालेर प्रदान गरिएको हो ।
स्वयंसेविका काली शाहीले गाउँपालिकाले यो सेवा उपलव्ध गरिएकोले सूचना प्रवाहमा सहज हुने बताइन् । नेपाल सरकार र स्थानीय सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको जीवनयापनको बिषयमा ध्यान दिन उनले आग्रह गरिन् ।
मासिक ५ सय खाना, खाजा, यातायातका लागि सहयोग गर्दै आएको र संघीय सरकारले बर्षेनी पोषाक सहित २२ हजार उपलब्ध गराउदै आएको तातोपानी गाउँपालिका जुम्लाले जनाएको छ ।




तपाईको प्रतिक्रिया