जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही विजयी

पूर्ण चौलागाईं ।
जुम्ला,२३ फागुन : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरर्गत जुम्लामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेश भण्डारीलाई पराजित गर्दे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् । नेकपाका उम्मेदवार भण्डारीलाई राप्रपाका शाहीले ३ हजार १८१ मतान्तरले पराजित गरेका हुन् । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाका अनुसार निर्वाचित शाहीले १४ हजार ८१६ मत ल्याएका छन् । भण्डारीले ११ हजार ६३५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका शान्तिलाल महतले ४ हजार ५१८ मत ल्याएका छन् । नेपाली कांग्रेसका दीपबहादुर शाहीले ७ हजार १४३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत तिमिल्सिनाले बताए । निर्वाचित शाही राप्रपा बाट २०७९ सालको आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा समेत विजयी भएका थिए । नेकपाका उम्मेदवार भण्डारी २०६४ सालको पहिलो सविधानसभा सदस्यमा जिल्लाबाट निर्वाचित भएका थिए । भण्डारी कर्णाली प्रदेशका पुर्व कानुनी मन्त्री समेत हुन । भण्डारी र शाही जिल्लामा युवाहरूबिच परिचित युवा नेता हुन् । अब समानुपातिकतर्फकाे मत गणनाकाे काम अगाडि बढाइने निर्वाचन कार्यालय जुम्लाले जनाएको छ। जिल्लामा एक स्वतन्त्र उम्मेदवार सहित नाै वटा विभिन्न राजनीतिक दल सहित जम्मा १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थियो । जिल्लामा कुल मतदाता सङ्ख्यामध्ये प्रत्यक्षतर्फ करिब ४० हजार ८९७ अर्थात् ५७ प्रतिशत मत खसेको छ । जसमध्ये महिलातर्फ २१ हजार १८५ र पुरुषतर्फ १९ हजार ७१२ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका निर्वाचन अधिकारी दिपेन्द्र कँडेलको भनाइ छ ।समानुपातिकतर्फ ४१ हजार ६३१ अर्थात् ५८ दशमलव ०३ प्रतिशत मत खसेको छ । जिल्लामा कुल मतदाता सङ्ख्या ७१ हजार ७३९ जना रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
मत परिमाण यस्तो छ




तपाईको प्रतिक्रिया