जुम्लामा राप्रपाका शाहीको अग्रता,नेकपाका भण्डारी पछ्याउँदै

पूर्ण चौलागाईं ।
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायम रहेको छ भने नेकपाका नरेश भण्डारी शाहीलाई पछ्याउँदै छन् ।
कनकासुन्दरी गाउँपालिका १ – ७ वडाको हालसम्म तीन हजार ९६२ मत गणना हुँदा हलोले फराकिलो अग्रता कायम गरेको छ । प्रारम्भिक मतपरिणामअनुसार राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही दुइ हजार १०२ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् । अहिले शाही एक हजार १३० मतले अगाडि छन् ।
यस्तै, नेकपाका उम्मेदवार नरेश भण्डारीले ९७२ मत ल्याउँदै दोस्रो स्थान प्राप्त गरेका छन् । कांग्रेस उम्मेदवार दीपबहादुर शाहीले ४९६ मत प्राप्त गरेका छन् । अन्य प्रतिस्पर्धीहरूमा शान्तिलाल महतले २१२ मत, विनिता कठायतले २९ मत प्राप्त गरेकी छन् । साथै ११७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
हालसम्मको गणनामा हलो र ताराबिच एक हजार १३० मतको अन्तर देखिएको छ । प्रारम्भिक नतिजाले हलो चुनाव चिह्नलाई स्पष्ट अग्रता दिलाएको देखिए पनि बाँकी वडाको मतगणनाले अन्तिम परिणाम तय गर्नेछ । मतगणना कार्य भने निरन्तर जारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जुम्लामा ४० हजार ८९७ मत खसेको थियो । तर, यहाँ ७१ हजार ७३९ जना मतदाता रहेका छन् ।




तपाईको प्रतिक्रिया