तिलामा ११६ औं अन्तराष्ट्रिय महिला दिवस मनाइयो

पदम शाही ।
तिला गाउँपालिकाको कुडारीमा ११६ औं अन्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न गरिएको छ । प्रभातफेरी, महिला समुहबीच देउडा प्रर्दशनी र मञ्च कार्यक्रम गरी महिला दिवस सम्पन्न गरिएको हो । तिला गाउँपालिका महिला बालबालिका शाखाले आयोजना गरिएको महिला दिवस कार्यक्रममा “सबै महिला र बालबालिकाको लागि अधिकार, न्याय र कार्य सहितको अधिकार” भन्ने नारा सहित देशभर अन्तराष्ट्रिय महिला दिवस मनाईएको हो ।


पालिका भरीका महिलाको सहभागितामा दिवसका अबसरमा गित मार्फत महिला अधिकारका विषयमा वकालत गर्दै महिला सशक्तिकरणमा जोड दिएको तिला गाउँपलिका महिला बालबलिका शाखा प्रमुख गौरी थापाले बताइन्। उनले भनिन् दिवसले महिलाहरुको भेटघाट संगै न्याय, समानता, अधिकार तथा सशक्तिकरणका लागि अघि बढ्ने आँट मिल्ने अवसर प्रदान भएको छ ।
महिला दिवस कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ शाखा जुम्लााका अध्यक्ष पूर्णप्रसाद चौलागाईले हाम्रो जस्तो विकास उन्मुख समाजमा पुरुष भन्दा बढी महिला पिडामा पर्ने गरेको बताए । तर पुरुष पनि पीडामा परेको घटना सुनिन थालेका छन् । उनले भने, महिला पुरुष दुई रथका पांग्रा हुन् । महिला पुरुष दुवैले एक अर्कामा सम्मान गर्न आवश्यक छ । अनि मात्रै हाम्रो समाज सुधारिएको मानिन्छ । हिंसा सहनु हुदैन । न्यायका लागि न्यायिक निकायमा उजुरी गर्नु पर्दछ ।तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले महिलामैत्री नीति निर्माणमा जोड दिने बताईन् । उनले भनिन् आगामी दिनका दिवसका कार्यक्रम औपचारिकता भन्दा पनि सशक्ति तथा रुपान्तणका लागि निरन्तर काम गर्ने छौँ ।




तपाईको प्रतिक्रिया