डाेल्पामा सिलाजित निकाल्दा भिरबाट खसेर एक युवाकाे मृत्यु

डाेल्पामा सिलाजित निकाल्दा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ। साेमबार दिउँसो त्रिपुरासुन्दरी नगरपालिका- ४ रंगका अन्दाजी ३५ बर्षिया युवा जशलाल धरालाकाे भिरबाट खसेर निधन भएकाे हाे।
काईकेकाे पाल्चाखाेला नजिकैको भिरमा औषधीकाे रुपमा प्रयाेग गरिने कच्चापदार्थ सिलाजित निकाल्दा भिरबाट खसेर घाइते धरालालाई अस्पताल ल्याउदै गर्दा ज्यान गएकाे हाे। सिलाजित संकलनकाे लागि गाउँका दाजुभाइ संगै धराला पनि उक्त ठाउँ पुगेका थिए।
भिरबाट खसेर निधन भएका धरालाकाे शब पाेस्टमाटम गरि आफन्तलाई बुझाउने तयारी रहेकाे जिल्ला अस्पताल दुनै डाेल्पाले जनाएको छ।




तपाईको प्रतिक्रिया