शिखर ईन्सोरेन्स जुम्लामा लगाइएको ताला खुल्यो 

शिखर ईन्सोरेन्स जुम्लामा लगाईएको ताला खोलिएको छ । लामो समयदेखि स्याउ बिमाको विवादले किसानले लगाएको ताला आइतबार खोलिएको हो ।
माघ २ गते बिमा कम्पन्नी,पिडित किसान र सरकार बीच त्रिपक्षीय सहमतिपछि जुम्ला शाखामा लगाईएको ताला आईतबार खोलिएको छ । मौसममापनमा त्रुटि भएको र तत्काल त्रुटि सच्याई तत्काल बिमा रकम उपलब्ध गराईने लगायतका ६ बुदे सहमति भएको छ ।
जिल्ला प्रशासन, पत्रकार महसंघको रोहोवरमा किसानका अगुवा नरेन्द्र बुढा लगायत अन्य किसानको सहभागितामा ताला खोलिएको शिखर ईन्सोरेन्स कर्णाली प्रमुख ऋषिराम पाण्डेले बताए ।
पुषको दोस्रो सातादेखि लगाईएको ताला किसानले खोलेपछि बिमा शाखाले आफ्ना नियमित सेवा संचालन गरेको छ ।




तपाईको प्रतिक्रिया