
पूर्ण चौलागाईं
आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जुम्लामा एक स्वतन्त्र सहित १० जनाले उम्मेदावारी दर्ता गराएका छन् ।निर्वाचन आयोगद्वारा निर्धारित कार्यतालिका बमोजिम जुम्लामा एक स्वतन्त्र सहित १० जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
जसमा नेकपा ए.मा.ले.बाट शान्तिलाल महत, नेपाली काङ्ग्रेसबाट दीप बहादुर शाही , नेकपाबाट नरेश भण्डारी , रास्वपाबाट बिनिता कठायत, राप्रपाका ज्ञान बहादुर शाही , नेमकिपाका विर्खबहादुर रावत , प्रलोपाबाट मनऋषि धिताल, नेजपाका रनिल बिक्रम शाही, नेकपा ( माओवादी )बाट बिर्ख बहादुर शाही र स्वतन्त्रबाट भक्त बहादुर रावलले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ ।




हाम्रो कर्णाली । ६ माघ २०८२, मंगलवार १८:१७