जिप्रका जुम्लामा तीन महिनामा ३८ मुद्दा दर्ता

पूर्ण चौलागाईं ।
जिल्ला प्रहरी कार्यालय जुम्लामा तीन महिनामा ३८ मुद्दा दर्ता भएका छन् ।चालू आर्थिक बर्ष २०८२/८३ को कार्तिक महिनादेखी पौषसम्म ३८ मुद्दा दर्ता भएका हुन् । दर्ता भएका मुद्दा मध्ये ८ वटा मुद्दा फछर्यौट भएका छन् ।दर्ता भएका मुद्दा तर्फ लागुऔषध तर्फ ६, कर्तव्य ज्यान १,जबर्जस्ति करणी १,सवारी ज्यान २,ज्यान मार्ने उधोग ३,आत्महत्या दुरुत्साहन ९,विष सेवन गरि आत्महत्या २, भबितब्य ज्यान ४, बैंकिङ कसुर ६, ठगी सम्बन्धि कसुर ३ र सामाजिक अपराध सम्बन्धि १ वटा गरि जम्मा ३८ वटा मुद्दा दर्ता भएको जिप्रका जुम्लाले जनाएको छ।
शान्ति सुरक्षा मजबुद गर्ने,मुद्दा फछर्यौट छिटोछरितो गर्ने र सचेतनामुलक कार्यक्रमलाई जोड दिइएको जिल्ला प्रहरि कार्यालय जुम्लाका प्रमुख रबिन बाबू रेग्मीले बताए ।
त्यसैगरी ठाडो निबेदन तर्फ २ सय ९७ दर्ता भएकोमा २ सय ९१ वटा फछर्यौट भएका छन् । घरेलुहिंसा सम्बन्धि २१ निवेदन दर्ता भएकोमा १८ फछर्यौट भएका छन् । मानिस हराएको २९ जनामा २३ जना फेला परेका छन् ।
२ सय २४ सवारी साधन कारबाहीबाट २ लाख ३० हजार ५ सय राजस्व संकलन भएको छ। सवारी दुर्घटना ६ वटा भएकोमा २ जनाको मृत्यु भएको र ८ जना घाइते भएका छन् । ५२ वटा टृाफिक सचेतनाका कार्यक्रमहरु संचालनबाट २ हजार २ सय ४१ जना लाभान्वित भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले बताएको छ।




तपाईको प्रतिक्रिया