
पूर्ण चौलागाईं ।
जिल्ला कारागार जुम्लामा ७२ जना कैदि बन्दीहरुको स्वास्थ्य परिक्षण तथा मानसिक परामर्श कार्यक्रम गरिएको छ। ६७ जना पुरुष र ५ जना महिलाको स्वास्थ्य परिक्षण गरिएको हो। ८ जनाको उच्च रक्तचाप , १२ जनाको मधुमेह ,२५ जनालाई मानसिक परामर्श र अन्य सबैको सामान्य स्वास्थ्य परिक्षण गरिएको जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण शर्माले बताए । शुक्रबार जुम्ला बसपार्कमा गाडी चालकहरूको स्वास्थ्य परिक्षण गरिएको र २/२ महिनाको अन्तरालमा यस्ता कार्यक्रमहरु संचालन गरिने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख शर्माको भनाइ छ।

कैदि बन्दीहरु घर परिवार तथा आफन्तदेखी टाढा रहने भएको हुदा विभिन्न मानसिक समस्याहरु आउने सम्भावना बढी हुने भएकोले यस्ता कार्यक्रमले उनिहरुको जिवनमा महत्त्वपूर्ण भुमिका खेल्ने प्रमुख जिल्ला अधिकारी दीपक पौड्यालले बताए ।
जिल्ला जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा सो कार्यक्रम सम्पन्न भएको हो।





हाम्रो कर्णाली । २६ पुष २०८२, शनिबार २१:१४