पूर्ण चौलागाईं ।
जुम्लामा निर्वाचन प्रहरीको लागी १८ सय ९४ जनाले आवेदन दिएका छन् ।९ सय ७४ जना निर्वाचन प्रहरीको लागी १८ सय ९४ जनाले आवेदन दिएका जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रबिन बाबू रेग्मीले बताए । माग संख्या भन्दा दोब्बरले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रेग्मीको भनाइ छ।
जसमा १२ सय ६ जना पुरुष र ६ सय ८८ जना महिलाले आवेदन दिएका हुन् । छनोट प्रक्रिया माघ ५ गतेदेखी ९ गतेसम्म हुने भएको जिप्रका जुम्लाले जनाएको छ।आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरिएको हो।




हाम्रो कर्णाली । २ माघ २०८२, शुक्रबार १३:४६