स्याउ बगैंचा व्यवस्थापन तालीम सम्पन्न

पूर्ण चौलागाईं ।
जुम्ला जिल्ला नेपालको स्याउको लागि प्रख्यात जिल्ला हो।जुम्लाका कृषकहरुको मुख्य आम्दानिको श्रोत स्याउ खेती नै हो। स्याउ खेतिबाट जुम्लाका कृषकले राम्रो आम्दानी लिने गरेको पाइन्छ। गुणस्तरीय स्याउ उत्पादन गर्न स्याउ बगैंचा व्यवस्थापन गर्नु जरुरी देखिन्छ।
गुणस्तरीय स्याउ उत्पादन बढाउने उद्देश्यले जिल्ला कृषि बिकास कार्यालय जुम्लाले तीन दिने व्यबसायिक स्याउ खेती सम्बन्धि कृषक तातिम सम्पन्न गरेको छ। कृषकले स्याउ बगैंचा व्यबस्थापनमा खासै ध्यान नदिने गर्नाले स्याउ उत्पादनमा कमि आउनुको साथै रोग किरा प्रकोप हुने हुदा त्यस्तो समस्या समाधान गर्न सो तालिम गएको हो।


तीन दिने तालिममा मलखाद तथा शुक्ष्म खाद्य तत्व व्यवस्थापन,सिचाइ दिने प्रक्रिया ,रोगकिरा पहिचान र नियन्त्रण ,नर्सरी व्यवस्थापन,बिरुवा काँटछाँट तथा बोडो पेस्ट बोडो मेक्स्चर बनाउने र लगाउने तरिका र बजार व्यवस्थापन सम्बन्धि प्रशिक्षण गरिएको जिल्ला कृषि बिकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । तालीममा सिकेको सिपलाइ ब्यबहारमा लागू गरि व्यबसायिक स्याउ खेतिमा लाग्न प्रमुख अधिकारीले सहभागीलाई आग्रह गरे।
राज्यले गरेको लगानी खेर नफाल्न र ब्यबसायिक स्याउ खेतिमा आफू रातादिन लागेको अगुवा कृषक गोपाल रोकायाले बताए ।स्याउ खेतिको संगै बगैंचाभित्र जडिबुटी खेतिको पनि राम्रो सम्भावना भएको अगुवा कृषक रोकायाको भनाइ छ।


तालिममा जुम्लाका आठ वटै स्थानिय तहका २६ जना अगुवा कृषकहरुको सहभागी रहेको थियो।




तपाईको प्रतिक्रिया