
पूर्ण चौलागाईं ।
पुस १५ जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाद्रारा बिद्यालय स्वास्थ्य कार्यक्रम सम्पन्न गरिएको छ। चन्दननाथ -४ स्थित जिएमडि मोर्डन पब्लिक हाइस्कुलमा अध्यनरत बिद्यार्थीहरुका माझ उक्त कार्यक्रम गरिएको हो। बिधालय उमेरका बालबालिकालाई शारीरिक ,मानसिक तथा सामाजिक स्वास्थ्यमा सचेतिकरण गर्ने उद्देश्यले सो कार्यक्रम गरिएको कास अन्तर्गत सामुदायिक स्वास्थ्य बिभाग लेक्चर डाक्टर कपिल दुवाडीले बताए ।बालबालिकालाई प्रभावकारी ढंगले सिकाउनको लागि चार्टपेपर प्रस्तुतीकरण , अभिनय लगायतका बिधि प्रयोग गरि सचेतिकरणा गरिएको डा. दुवादिको भनाइ छ। स्वास्थ्यका कुरा सिक्न पाउँदा बालबालिका उत्साहित भएका छन् ।
साथै कार्यक्रममा बालबालिकाहरुको नाक,कान,घाँटी र आँखाको समेत परिक्षण गरिएको थियो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वय र कासमा अध्यनरत एमबिबिएस पहिलो बर्षका ५० जना बिद्यार्थीहरुको सक्रिय सहभागितामा बिद्यालय स्वास्थ्य कार्यक्रम गरिएको थियो।
नाक,कान,घाँटी विशेषज्ञ डा. मन्सुर अन्सारी परिक्षण गर्दै।

नेत्ररोग विशेषज्ञ डा.अर्जुन न्यौपाने आँखाको परिक्षण गर्दै।

दन्तरोग विशेषज्ञ डा. सुभाष झा दातको परिक्षण गर्दै।





हाम्रो कर्णाली । १५ पुष २०८२, मंगलवार १९:२३