मौरी घारमा अज्ञात रोगको संक्रमण , मौरी ब्यबसाय संकटमा

पूर्ण चौलागाईं ।
पुस १५ जुम्ला
जुम्ला जिल्ला मौरी पालन ब्यबासायको लागि अति उत्तम हिमाली जिल्ला हो। केही कृषकले यस जिल्लामा पुर्खौदेखी मौरी पालन ब्यबासाय गर्दै आएका छन् ।यस ब्यबसायले कृषकको आयअर्जनमा थप टेवा पुगेको थियो।
तर पछिल्लो समय मौरिको घारमा अज्ञात रोगको संक्रमणले मौरी व्यबसाय थप संकटमा परेको पातारासी-३ का मौरी पालक व्यबसायी गोर बहादुर रावतले बताए ।बिगत १० बर्ष पहिलादेखी ब्यबसाय सुरु गरेका रावतका १८ घार मध्ये अज्ञात रोगले हाल ८ घारका मौरि मात्र बाकी रहेका छन् ।मौरी पहेँलो रङबाट कालो रङमा देखिने, चारो नखाने र छट्पटीएर अन्तमा मौरि मर्ने गरेको रावतको भनाइ छ। गाउँमा रावतको मात्र होइन अन्य मौरी ब्यबसायिको घारमा उस्तै रोगको संक्रमण देखिएको छ।
जुम्लामा करिब ८ सय ५० वटा मौरी घार रहेको र बिगत लामो समयदेखी मौरिमा रोगको संक्रमण भएकोले कर्णाली प्रदेश सरकारले जुम्लामा बिज्ञ टोलि खटायको र उक्त टोलिको प्रतिबेदन आउन बाकी रहेको जिल्ला कृषि बिकास कार्यालय जुम्लाका नि. कार्यालय प्रमुख रामभक्त अधिकारीले बताए । हिउँदमा खानाको अभाब हुने हुदा कृतिम खाना दिन र आधुनिक घारमा जोड दिन कार्यालय प्रमुख अधिकारीले ब्यबसायिलाइ आग्रह गरेका छन् ।


जुम्लामा विशेष गरि किसानले विषादिको प्रयोग गर्नाले मौरिमा रोगको संक्रमण देखा परेको हुन सक्ने मौरी महासंघ जुम्ला जिल्लाका अध्यक्ष नारायण चौलागाईंले बताए । आफुले आधुनिक घारको प्रयोग गरेकाले समास्या कम हुँदै गएको अध्यक्ष चौलागाईंको भनाइ छ।




तपाईको प्रतिक्रिया