पत्रकार महासंघ कोषाध्यक्ष परियारलाई कोदो राष्टि्य ´सर्वोत्कृष्ट` पुरस्कार प्रदान

पूर्ण चौलागाईं ।
नेपाल पत्रकार महासंघ जुम्ला शाखाका कोषाध्यक्ष सागर परियार पुरस्कृत भएका छन् ।
जुम्ला । एसोसिएसन अफ नेपाली एग्रीकल्चरल जर्नालिष्ट (अनाज)ले प्रदान गर्ने कोदो समचार लेखन पुरस्कार-२०८२ अन्तरर्गत कोदोजन्य बाली प्रर्बद्वनका लागि समचार सम्प्रेषण गरे बापत सर्वोकृष्ट पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
सोमबार सिंहदरबार स्थित कृषि तथा पशुपन्छी मन्त्रालयमा आयोजित एक समारोहका बीच कृषि मन्त्री डाक्टर मदन प्रसाद परियारले पुरस्कार हस्तान्तरण गरेका हुन । पत्रकार परियारलाई नगद १५ हजार सहित सम्मानपत्र र दोसल्ला प्रदान गरेका छन् ।
जुम्ला र कर्णाली प्रदेश केन्द्र बनाएर पत्रकारिता गर्दै आएका परियारलाई कोदोजन्य बाली प्रवर्धनमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको हो ।


लोपउन्मुख कोदो बालिको प्रर्वद्वनका निम्ती पत्रकारिता मार्फत पुराएको योगदानको मन्त्री परियारले प्रसंशा गरे । साथै पत्रकार परियार सहित पाँच पत्रकार पुरस्कृत भएका छन् ।
कोदो खेतीको खेती विस्तार तथा उत्पादन बृद्विका लागि नीति र लगानी बढाउनु पर्नेमा मन्त्रीले परियारले जोडदिए । अर्को वर्षबाट कृषि मन्त्रालय अनाजको समन्वयमा कृषि पत्रिकारिता पुरस्कार वितरण गर्ने कृषि सचिवले बताए ।
परियार कर्णाली मिसन अनलाइनका प्रधान सम्पादक ,रेडियो नेपाल र कारोबार दैनिकमा जुम्लाबाट रिपोर्टिङ गर्दै आएका छन् ।




तपाईको प्रतिक्रिया