
पूर्ण चौलागाईं ।
जुम्लाको चन्दननाथ नगरपालिकालाई उज्यालो नगर बनाउन नगरको केही सडकमा सडक बत्ति जडान गरिएको छ। जुम्ला सदरमुकाम खलंगा बजार क्षेत्रलाई उज्यालो बनाउन पलिको चरणमा सडक वत्ती जडान गरिएको नगरप्रमुख राजुर्सिंह कठायतले बताए । नगरपालिकाका १० वटा वडा मध्य पहिलो चरण बजार क्षेत्रमा दुई सय वटा सडक बत्ति जडान गरिएको नगरप्रमुख कठायतको भनाइ छ।
आगामी आर्थिक वर्षमा सडक पुगेका सबै वडाका सबै बस्तीमा सडक बत्ती जडान गर्ने गरी बजेट तर्जुमा गरि झिलिमिली नगर बनाउने योजना रहेको चन्दननाथ नगर उपमेयर रामदेवी खड्काले बताइन् । हिउँद महिनामा विशेष गरि जुम्ला बजारमा चोरीका घटना बढेको हुदा त्यस्ता घटना कम गर्न साँझ ६ देखी विहान ६ बजेसम्म बल्ने गरी सडक बत्ती जडान गरिएको उपमेयर खड्काको भनाइ छ।

चन्दननाथ नगरपालिकाका ईन्जिनियर लोकेन्द्र महतले बताए । बजार क्षेत्रका विभिन्न चोक, गल्ली, सबै क्षेत्रमा प्राविधिक स्टमेट अनुसार कुल १७ लाख ५० हजार लागतमा दुई सय वडा सडक बत्ती जडान भएको चन्दननाथ नगरपालिकाका ईन्जिनियर लोकेन्द्र महतले बताए ।
उनले भने,‘बजार क्षेत्रमा सडक बत्तिका लागि विद्युत प्राधिकरणले विगतमा केही काम गरेको थियो । अहिले चन्दननाथ नगरपालिकाले ४ हजार मिटर केबुल तार विस्तार गरी सडक बत्ति जडान गरेको छ । बत्तीको क्षामता ५० वाट रहेको छ । बत्ती जडानपछि बजार क्षेत्र झिलीमिली भएको छ ।’




हाम्रो कर्णाली । १४ पुष २०८२, सोमबार १९:४५