
जुम्लाको हिमा गाउपालिकाको कस्तुरी भिडमा नेपाल टेलिकमको फोर जि सेवा संचालनमा आएको छ। आइतबारदेखि उक्त सेवा संचालनमा आएको हो। सो सेवा संचालनमा आएपछि हिमाका १,२,३,४,५,६ र ७ वडाका नागरिकहरु प्रत्यक्ष फोर जि सेवाको पहुँचमा आएको हिमा गाउँपालिकका अध्यक्ष लक्ष्मण बहादुर शाहिले बताए । पालिकाको विशेष पहलमा सो सेवा संचालन गर्न सफल भएको अध्यक्ष शाहिको भनाइ छ।




हाम्रो कर्णाली । १३ पुष २०८२, आईतवार १७:०७