
पूर्ण चौलागाईं ।
जुम्लामा संचालित कृषि खाध प्रणालीको लागि नवीकरणीय ऊर्जा ( रेरास) परियोजनाले कृषि प्रबर्द्धनदेखि उद्यमशीलतामा जोड दिदै आएको छ। जस अन्तर्गत महिलालाइ कृषिदेखि उद्यमशीलतामा जोड दिदै आएको हो। होटेल व्यबसाय, बिधुत जडान , जलबायु अनुकुल , स्याउ बगैंचा काटछाट सम्बन्धि लगायत विभिन्न क्षेत्रमा सीप बिकासका तालिमहरु संचालन गर्दै आएको (रेरास ) लिबर्ड परियोजनाका संयोजक बुद्ध बि. क. ले बताए । विगत दुई वर्ष देखि चन्दननाथ , तातोपानी र पातारासि गाउँपालिकामा कृषि र उद्यमशीलतालाई प्राथमिकता दिएर काम गर्दै आएको परियोजना संयोजक बि. क.को भनाइ छ। परियोजनाले विशेष गरि जुम्लामा लोप हुँदै गैरहेको रैथाने बाली संरक्षणमा पनि जोड दिदै आएको छ। मेला महोत्सव गर्नुको साथै रैथाने बालिका विभिन्न परिकार बनाउने तालिम पनि संचालन गर्दै आएको छ।

नर्वे सरकार र युएन िडपीको आर्थिक सहयोगमा सन्चालित कृषि खाध्य प्रणालीको लागि नवीकरणीय ऊर्जा ( रेरास) परियोजना अन्तर्गत वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, लि-बरड, विश्व खाध्य कार्यक्रम ले तातोपानी -६ मा तीन वटा कृषक पाठशाला संचालन गरि स्याउ बगैंचामा तउलिया बनाउने, काटछट गर्ने,बगैंचा ब्यबस्थापन गर्ने लगायतका उत्पादनमुखी काम गरिरहेको छ।




हाम्रो कर्णाली । १२ पुष २०८२, शनिबार १८:२७