
पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी गाउँपालिका भित्रका सामुदायिक विद्यालय र कृषि समुहमा संयुक्त अनुगमन गरिएको छ। सामुदायिक विद्यालयको शैक्षिक अबस्था , व्यावसायिक कृषिको अबस्था, स्वास्थ्य चौकिमा स्वास्थ्यको अबस्था लगायतका क्षेत्रमा अनुगमन गरि थप मजबुत गर्ने हेतुले उक्त अनुगमन गरिएको हो। सेभ द चिल्डे«नको आर्थिक सहयोग तथा किर्डाक नेपालद्धारा संचालित कार्यक्रम अन्तरर्गत शिक्षा, बालबालिका, कृर्षक,स्वास्थ्य क्षेत्रमा भएका सुधार तथा समस्याबारे बुझन् संयुक्त अनुगमन थालिएको हो ।
तातोपानीका ८ वटा वडामा दुई वटा समुह बिभाजन गरि अनुगमन थालिएको हो । जसमा वडा नं १ देखी ६ सम्मका विद्यालय तथा अन्य क्षेत्र अनुगमनका लागि गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईको नेतृत्वमा एक टोली परिचालन भएको छ भने वडा नं. ७ र ८ मा योजना अधिकृत ओम बहादुर चन्दको नेतृत्वमा टोली परिचालन भएको हो ।
कृर्षक समुह उत्साहित भएको, वडा कार्यालय, स्वास्थ्य चौकीको सेवामा सुधार भईरहेपनि विद्यालयमा लगानी अनुसारको अपेक्षित उपल्ब्धी हासिल हुन नसकेको पाइएको छ । लगानी अनुसार शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धी हासिल हुन नसकेको पालिका अध्यक्ष नन्द प्रसाद चौलागाईंले बताए । विद्यालय सुधारमा शिक्षक, विव्यस र अभिभावले अहम् भुमिका खेल्नु पर्ने अध्यक्ष चौलागाईंको भनाइ छ।
बिहिवार र शुक्रबार तातोपानीका सबै वडामा अनुगमन गरिएको छ भने आइतबार अनुगमनको समिक्षा गरिने भएको छ।




हाम्रो कर्णाली । ४ पुष २०८२, शुक्रबार २२:०१