
पूर्ण चौलागाईं ।
जुम्लाको गुठिचौर गाउँपालिका–१ द्रारा निशुल्क कम्प्युटर शिक्षा सुरु गरिएको छ। एसइइ परीक्षार्थीका लागि निशुल्क कम्प्युटर शिक्षा सुरु गरिएको हो । दुर्गम गाउँका विद्यार्थीहरु कम्प्युटर शिक्षामा कमजोर हुने हुदा उनीहरुलाई डिजिटल युग सँग जोड्ने उद्देश्यले वडा सरकारको सहयोगमा उक्त शिक्षा सुरु गरिएको वडा अध्यक्ष अर्जुन कुमार महताराले बताए । गुठिचौर–१ स्थित खड्कदेवी माध्यमिक विद्यालयमा अध्ययनरत ४२ जना एसइइका विद्यार्थीलाई निशुल्क कम्प्युटर ट्युसन सुविधा उपलब्ध गरिएको अध्यक्ष महताराको भनाइ छ । विद्यार्थीलाई कम्प्युटरको आधारभूत ज्ञान, टाइपिङ, माइक्रोसफ्ट अफिस, इन्टरनेट प्रयोग, इमेल तथा डिजिटल साक्षरता सम्बन्धी तालिम प्रदान गरिने बताएको छ।
साथै जुम्ला बजारमा च्याउ उम्रे जस्तै ट्युसन सेन्टर खुलेकाले गुणस्तरीय शिक्षा प्राप्त गरिने सेन्टरमा भर्ना हुन शनिबार विद्यार्थीसामु छलफल गरि सम्पुर्ण विद्यार्थीलाई अध्यक्ष महताराले सुझाव दिएका छन् ।

वडा सरकारले निशुल्क कम्प्युटर शिक्षा सुरु गरेकोमा विद्यार्थीहरु उत्साहित भएका छन् । गरिबिको कारण हालसम्म कम्प्युटर शिक्षाको आधाभुत ज्ञान सम्म नभएकोले वडा सरकारले निशुल्क कम्प्युटर शिक्षा सुरु गरेकोमा निकै खुसी भएको छात्रा अस्मिता थकालिले बताइन् । आगामी दिनमा पनि समयको माग अनुसार शिक्षामा लगानी गर्न वडा सरकारलाई छात्रा थकालिले आग्रह गरिन। नजिकको वडा सरकारले विद्यार्थीहरुको भाबना बुझी सोही बमोजिम उदारणिय काम गरेकोमा छात्र मुन बहादुर बोहराले खुसी ब्यक्त गरे।




हाम्रो कर्णाली । ५ पुष २०८२, शनिबार २०:२९