
पूर्ण चौलागाईं ।
जुम्लाको तातोपानी गाउँपालिकाको १८ औँ हिउँदे गाउँसभा सम्पन्न भएको छ।सो सभाले पाँच वटा कार्यविधि पारित गरेको छ। तातोपानी गाउँपालिकाको कानुनी सल्लाहकार सम्बन्धि कार्यविधि–२०८२, तातोपानी गाउँपालिकाको कर्मचारी प्रोत्साहन कोष संचालन कार्यविधि–२०८२, तातोपानी गाउँपालिकाको सहुलियत कृषि ऋण लगानी तथा असुली सम्बन्धि कार्यविधि–२०८२ र तातोपानी गाउँपालिकाको अपांगता सम्बन्धि कार्यविधि–२०८२ सहित पाच वटा कार्यविधि विद्यान समितिका संयोजक अम्मर बहादुर रोकायाले टेबुल गरेका हुन् ।
कार्यविधि, खर्च विवरण तथा सार्वजनिक लेखा समिति प्रतिवदेन पारित गरेको छ । जुम्लाका आठ पालिका मध्ये पहिलो पालिकाका रुपमा तातोपानीले हिँउदे गाउँसभा सम्पन्न गरेको हो ।
साथै सार्वजनिक लेखा समितिको प्रगती प्रतिवदेन २०८२ पनि पारित भएको छ । चालु आवमा कार्यान्वयन हुने गरी विनियोजन भएका तर अहिले संशोधन गर्न आबश्यक रहेका २८ वटा योजना र कार्यक्रम संशोधन गरिएको छ । १७ औँ गाउँसभामा ५३ करोड ५९ लाख ८२ हजारको बजेट प्रस्तुत गरेकोमा हाल बृद्धि ५३ करोड ८८ लाख ९० हजार पुगेको छ ।
भने चालु आवको हालसम्म चालु र पुँगीगत गरी ७ करोड २४ लाख ९० हजार खर्च भएको छ । भने पुँजीगत खर्च न्युन ५ लाख मात्र भएको देखिन्छ । प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले अत्याआबश्यक नीति पारितसंगै दैनिक कार्यसम्पानमा सहज हुने बताए । मुख्य समस्याका रुपमा रहेको बेरुजुने प्रक्रियालाई कडाईका साथ अघि बढाईनेमा जोड दिए ।बेरुजु न्युनिकरण प्रथामिकतामाजुम्लाको तातोपानी गाउँपालिकाले बेरुजु घटाउने अभियानको थालनी गरेको छ । सुशासनमा नमुना पालिका बनाउने लक्ष्य सहित स्थानीय सरकार संचालन भएदेखी थुप्रिएको बेरुजुलाई घटाउन अभियाननै थालिएको हो । बेरुजु फछ्र्यौट समिति गठन तथा सार्वजनिक लेखा समितिलाई सक्रिय बनाई बेरुजु न्युनिकरण गर्न तर्फ विशेष ध्यान केन्द्रित गरेको तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।
जिल्लामै पहिलो बैशाखमै अन्तिम भुक्तानी दिएर योजना निर्माणको काम सक्ने स्प्रीडलाई कायमै राखेका छौ । उनले भने,‘विकास निर्माण, सेवा प्रवाह, सुशासन जवाफदेहीताका क्षेत्रमा सचेत भएरै काम गर्दा पनि बेरुजु बढीरहेको अबस्था छ । विगतका जनप्रतिनिधिको तुलनामा बेरुजु कम छ । तर पहिलादेखी थुप्रिएको, अहिले थपिएको सबै बेरुजुलाई सकेसम्म शुन्यमा झार्ने गरी सम्परिक्षणको कामलाई जोड दिएका छौ ।’




हाम्रो कर्णाली । २८ मंसिर २०८२, आईतवार १८:५८