जुम्लामै पहिलो ´साउना स्टिम बाथ`सुविधाको होटल संचालन

पूर्ण चौलागाईं ।
जुम्लामै पहिलो ´साउना स्टिम बाथ`सुविधा सहितको होटल रोयल कर्णाली संचालनमा आएको छ। चन्दननाथ नगरपालिका वडा नं ६ स्थित छिनामा सुविधा सम्पन्न होटल रोयल कर्णाली प्यारेडाईज ईन प्रा.लीले संचालनमा ल्याएको हो ।
बाह्रै महिना चिसो हुने जुम्लाको मौसम प्रतिकुलता, पर्यटकहरुको चाहनालाई मध्यनजर गरी पाँच करोड बढीको लगानीमा सुविधा सम्पन्न होटल संचालनमा ल्याईएको संचालक हरिकृष्ण महतले बताए । होटलको दुईवटा भवन निर्माण, भित्री कोठाहरुको व्यवस्थापन, साउना स्ट्रिम बाथको मेसिन खरिद जडान, होटलको डेकुरेशन, रङरोगन लगायत गरी पाँच करोड लगानी भएको संचालक महतको भनाइ छ।
होटलमा २५ वटा याटेच (चिसो तातो पानी आउने कोठा, सुविधायुक्त तालिम सेमिनार हल, २ वटा क्यामिन,बार सहितको सुविधा छ । भने होटल निर्माणका क्रममा दर्जनौले ज्याला मजदुरीमा काम पाएका थिए । अब होटल संचालनपछि प्रत्यक्ष रुपमा १० जनाले रोजगारी पाउने छन् ।
हिमाली भूगोल, चिसो मौसम पर्यटकले भोग्नु परेको कठिनाईलाई मध्यनजर गर्दै जुम्लामै पहिलो साउना स्टिम बाथ सुविधा भएको नयाँ होटल संचालनमा आएको छ ।




तपाईको प्रतिक्रिया