जुम्लाका माधव चौलागाईं मन्त्री बन्दै

प्रधानमन्त्री सुशीला कार्कीले चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न मन्त्रीहरूको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी छन् । आजै सपथ गराउने गरि चार जनाको नाम सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जुम्लाका माधव चौलागाईं मन्त्री बन्ने भएका हुन। त्यस्तै अन्य मन्त्रीमा राजेन्द्रसिंह भण्डारी, श्रद्धा श्रेष्ठ र कुमार इङ्नामको नाम सिफारिस गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




तपाईको प्रतिक्रिया