
पूर्ण चौलागाईं ।
तातोपानीका स्याउ बिमित किसान आन्दोलित भएका छन् । बीमा गरेको प्रिमियम लागनी भन्दा पनि कम रकम पाउने भएपछि स्याउ किसान आन्दोलित भएका हुन् । प्रतिबिरुवा ३६ रुपैयाँको दरले किसानले बिमा गरेका हुन।तर बिमा कम्पनीले प्रतिबिरुवा २४ रुपैयाँँ मात्र भुक्तानी गर्ने भएपछि यतिबेला तातोपानीका किसान आन्दोलन छन् । बीमा गरेको प्रिमियम लागनी भन्दा पनि कम रकम पाउने भएपछि किसान दुखित छन् ।
यस्तै तातोपानी गाउँपालिका – ६ हियाखोलाका किसान राजबहादुर रोकायाले बगैचामा रहेको नौसय स्याउको विरुवा मध्ये ३५० वटा विरुवाको बीमा गरेका थिए । प्रतिविरुवा ३६ रुपियाँ दरले ३५० वटा विरुवाको बीमा गरेका राजबहादुर प्रतिविरुवा २४ रुपियाँ मात्रै पाउने भएपछि चकित परेका छन् । बीमा गरेको प्रिमियम लागनी भन्दा पनि कम रकम पाउने भएपछि अच्चमित परेका हुन् ।सोही गाउँपालिका – २ डाँगीवाडाका पदमबहादुर डाँगीले पनि प्रतिविरुवा ३६ रुपियाँका दरले दुई सय वटा स्याउको विरुवाको बीमा गरेका थिए । राजबहादुर र पदमबहादुर जस्तै तातोपानी गाउँपालिका भित्रका ७११ जना किसानले ५० हजार ६११ वटा विरुवाको बीमा गरेका हुन् । उनीहरुले प्रतिविरुवा वीमा प्रिमियन लगानी ३६ रुपियाँ गरेका भने वीमा पाउने प्रतिविरुवा २४ रुपियाँ मात्रै पाउने भएपछि आन्दोलित भएका छन् ।यो समस्या ७ दिन भित्र समाधान गर्ने चेतवानी दिदै जिल्ला प्रशासन कार्यालय जुम्लामा आइतबार ध्यानाकर्षण पत्र बुझाएको स्याउ बीमा पीडित पहल समितिका संयोजक पदमबहादुर डाँगीले बताए । उनले भने, अन्य चन्दननाथ, गुठीचौर र तिला गाउँपालिका भित्रका किसानले प्रतिविरुवा २÷३ सय विरुवा वीमा रकम बुझेका छन् । तर तातोपानी गाउँपालिका भित्रका किसानले भने वीमा प्रिमियम भन्दा पनि कम पाउनु पर्ने कारणसहितको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गरेका छन् ।शिखर इन्स्योरेन्स कम्पनी जुम्लाका शाखा प्रमुख लक्ष्मण काफ्लेका अनुसार सरकारबाट वीमा अनुदान रकम प्राप्त गर्न बाँकी छ । सवै बीमा रकम किसानलाई वितरण गरिएको छैन । तर तातोपानी गाउँपालिका भित्रका किसानले फिल्ड प्रतिवेदनका आधारमा प्रिमियम भन्दा कम वीमा रकम पाउने अवस्थादेखिएको छ । प्रतिविरुवा ३६ रुपियाँ प्रिमियम तिरेका हुन् तर २४ रुपियाँ प्राप्त गर्ने छन् । अरु रकम भने सरकारको अनुदान पनि मात्रै प्राप्त हुने देखिएको छ ।किसानको ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलका अनुसार ध्यानाकर्षण पत्र गृह मन्त्रालय र शिखर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा पठाउने छौँ । प्रमुख जिल्ला अधिकारी जिल्लामा आएपछि त्रिपक्षीय बैठक राखेर समस्या समाधान गरिने छ ।
जुम्लामा शिखर इन्स्योरेन्स कम्पनीले स्याउ बीमा गरेको हो ।




हाम्रो कर्णाली । २३ मंसिर २०८२, मंगलवार १६:५९