जुम्लामा भिरबाट लडेर नाबालकको मृत्यु ,आमा गम्भीर घाइते

पूर्ण चौलागाईं ।
जुम्लामा भिरबाट लडेर नाबालकको मृत्यु भएको छ। आमा गम्भीर घाइते भएकि छन् ।
जुम्लाको सिंजा गाउँपालिका–२ चुलेलकी २४ वर्षीया उर्जा वड दाउरा काट्ने क्रममा भिरबाट लड्दा साथमा रहेको चार महिनाको नाबालकको मृत्यु भएको हो।
डिएसपी रविन बाबू रेग्मीका अनुसार बुधबार बिहान घरबाट धोराचौर जंगलमा दाउरा काट्ने क्रममा उर्जा वड र उनका छोरा चन्द्रमल वड दिउसो करिब १ भिरबाट लडेको डिएसपी रविन बाबू रेग्मीले बताए ।
नाबालकको ज्यान घटनास्थलमै गएको डिएसपी रेग्मीको भनाइ छ।बताए ।
घटनामा गम्भीर घाइते भएकी आमालाई उनका नाता पर्ने अनुरुपा वडले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला लगेको प्रहरीले जानकारी दिएको छ।
प्रतिष्ठानमा उपचाररत उर्जा वडको अवस्था गम्भीर रहेको छ।




तपाईको प्रतिक्रिया