जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु

पूर्ण चौलागाईं ।
जुम्लामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जुम्लाको तातोपानी गाउँपालिका १ राँका गाउँकी अन्दाजी ५० वर्षकी दुर्गा सार्कीको मृत्यु भएको हो।
आज दिउँसो करिब १२:३० बजेको समयमा राँका गाउँ स्थित वनमा दाउरा संकलन गर्न गएको बेला तातोपानी १ की सार्कीको घटनास्थलमै मृत्यु भएको हो प्रहरीले जनाएको छ।
राँका गाउँको वन स्थित गाईचौर उधेँरी खोला नजिकैको भीरबाट झण्डै २०० मिटर तल उनी खसेकी थिइन्।




तपाईको प्रतिक्रिया