गुठीचौर-१ को प्रशासकीय भवन उद्घाटन ,सेवा प्रबाहमा सहजता हुने

पूर्ण चौलागाईं ।
गुठिचौर गाउँपालिका १न. वडा को आफ्नै प्रशासकीय भवन निर्माण भएको छ। यो गुठिचौर गाउँपालिकाको वडाको पहिलो प्रशासकीय भवन हो। वडाको प्रशासकीय भवन संचालनमा आएपछि सेवा प्रबाहमा सहजता आउने भएको छ।
सघन शहरी तथा भवन निर्माण आयोजना जुम्लाले ४७ लाख लागतमा १ तले सुबिधा सम्पन्न वडा कार्यालयको भबन निर्माण गरेको वडा अध्यक्ष अर्जुन कुमार महताराले बताए । नयाँ संरचनासँगै कर्मचारीको कार्यदक्षता र सेवाग्राहीको पहुँचमा सहज ल्याउने वडा अध्यक्ष महताराको भनाइ छ।


नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन संविधानसभा सदस्य तथा कर्णाली प्रदेशका पूर्व कानुनमन्त्री नरेश भण्डारी र प्रदेशसभा सदस्य देवेन्द्र बहादुर शाहीले संयुक्त रूपमा गरेका हुन् ।




तपाईको प्रतिक्रिया