
तातोपानी गाउँपालिका – स्थित कालिका आधारभुत बिद्यालय श्रीनगरमा बिद्यालय स्वास्थ्य कार्यक्रम संचालन गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे आयोजना र मानवता फाउन्डेसनको सहजीकरणमा उक्त कार्यक्रम संचालन गरिएको हो। नियमीत कार्यक्रम अन्तर्गत सो कार्यक्रम गरिएको र तातोपानीका अन्य बिद्यालयमा कार्यक्रम गरिने सहायक प्राध्यापक कमलर्सिंह कठायतले बताए ।
स्वास्थ्य नै मानिसको धन हो। बिद्यालयका सम्पुर्ण बालबालिका लाई स्वास्थ्यका कुरा सिक्न यस्तो कार्यक्रमले महत्त्वपूर्ण भुमिका खेल्ने भएको हुदा आयोजकलाइ कार्यक्रमका प्रमुख अतिथि तथा तातोपानी -५ का वडाअध्यक्ष छिरिङ महतले धन्यवाद दिए।
सो बिद्यालयमा अध्यनरत ब्यक्तिगत सरसफाइ अन्तर्गत हात धुने तरिका,दात माझ्ने र महिनावारी सम्बन्धि सचेतिकरण गरिएको बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष डिलेस बहादुर रावतले बताए । पालिकाका अन्य बिद्यालयमा पनि बिद्यालय स्वास्थ्य कार्यक्रमको आवश्यक रहेकोले आगामी दिनमा पालिका संग समन्वय गरि कार्यक्रम गर्न तातोपानीका स्वास्थ्य शाखा संयोजक गुरु प्रसाद चौलागाईंले आयोजकलाई आग्रह गरे।




हाम्रो कर्णाली । ८ मंसिर २०८२, सोमबार २०:१५