
पुर्ण चौलागाइ।
जुम्लामा चौधौ राष्टि्य कर दिवस २०८२ का अबसरमा तिन जना उत्कृष्ट करदाता सम्मानित भएका छन्। जुम्लाका कैलाश जनरल स्टोरका संचालक देउऋषि चौलागाँई, हिमालचुलि कृषि सहकारी संस्था कालिकोट र रविचक्र/बिफोर जेभी मुगु सम्मानित भएको आन्तरिक राजश्व कार्यालय जुम्लाका प्रमुख प्रभात घिमिरेले बताए । आर्थिक वर्ष २०८०/०८१ मा कर्णालीका जुम्ला, मुगु र कालिकोटका करदाताहरुमध्यबाट आयकर तर्फ सबैभन्दा बढी कर तिरेका ब्यबासायिको हौसला प्रदान गर्न सम्मान कार्यालय प्रमुख घिमिरेको भनाई छ ।
आईतबार कर दिवसका अबसरमा आयोजित एक समारोहका अबसरमा उत्कृष्ट करदातालाई सम्मान गरिएको हो।
व्यवसायबाट राज्यको आर्थिक विकासमा योगदान गरे बाफत सम्मानित हुन पाउँदा खुसी लागेको जुम्लाका कैलाश जनरल स्टोरका संचालक देउऋषि चौलागाइले बताए |




हाम्रो कर्णाली । १ मंसिर २०८२, सोमबार २१:१३