
पुर्ण चौलागाइ।
जुम्लामा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका–७ स्थित यातायात कार्यालय नजिक रोकिरहेको ट्याक्टरमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चलक पातारासि -३ हुरी गाउँका जनबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। पछाडि बसेकी एक जना महिला घाइते भएकी छन्।
घाइते महिलाको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।




हाम्रो कर्णाली । २७ कार्तिक २०८२, बिहीबार २१:०६