दुई दिने स्याउ प्रशोधन सम्पन्धि तालिम सम्पन्न ,

जुम्ला जिल्ला नेपालको स्याउको लागि प्रख्यात जिल्ला हो।जुम्लाका कृषकहरुको मुख्य आम्दानिको श्रोत स्याउ खेती नै हो। स्याउ खेतिबाट जुम्लाका कृषकले राम्रो आम्दानी लिने गरेको पाइन्छ। स्याउबाट विभिन्न परिकार बनाउने गरिन्छ। परिकार बनाउन कृषकहरुलाई तालिमको आवश्यकता देखिन्छ।

  जुम्ला बजारमा दुई दिने स्याउ प्रशोधन सम्पन्धि तालिम सम्पन्न भएको छ।  स्याउका विभिन्न परिकार बनाउने हेतुले सो तालिम संचालन गरिएको हो। तालिममा स्याउका चाना, जाम र ससेज लगायतका परिकार बनाउन सिकाइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका प्रमुख  प्रक्षा  न्यौपानेले बताइन् । यो छोटो समयको तालिम भएकोले आगामी दिनमा आवश्यकता हेरि सोही बमोजिम लामो समयको तालिम संचालन गर्न सकिने छ। जुम्लामा खेर गएका स्याउको सदुपयोग गर्न यस्ता खालका तालिमले महत्वपूर्ण भुमिका खेल्ने कार्यालय प्रमुख न्यौपानेको भनाइ छ।

   स्याउका परिकार बनाउने तालिम हाम्रो लागि आवश्यक थियो । तालिमबाट सिकिएको कुरा व्यबहारमा लागू गरिने सहभागी चन्दनाथ-१ कि मित्रा लक्ष्मी चौलागाईंले बताइन् ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाको आयोजनामा भएको उक्त तालिममा चन्दननाथ,गुठिचौर,पातारासी ,तातोपानी र तिला गाउपालिकाका २० जना अगुवा कृषकहरुको सहभागिता रहेको थियोे ।




तपाईको प्रतिक्रिया