
पुर्ण चौलागाइ जुम्ला।
जुम्लाको तिला -३ कुडारि स्थित काठेपुल जिर्ण भएको छ ।२०३४ सालमा निर्माण भएको उक्त पुल जिर्ण अबस्थामा रहेको हो । पुल जिर्ण अबस्थामा भए पनि कुडारिका स्थानिय जोखिम मोल्दै आवतजावत गर्न बाध्य भएका छन्।
कुडारि, सियाला लुम्सेरा, नुवाकोट लगायतका स्थानियलाइ सो पुलबाट आवतजावत गर्न निकै जोखिम रहेको र पटक पटक सरोकारवाला निकायलाइ हारगुहार गर्दा समेत स्थानियको कुरा नसुनेको तिला- ३ सियाला लुम्सेरा निवासि कर्ण बहादुर हमालले गुनासो गरे ।केहि दिन पहिला १ जना स्थानिय समेत पुलबाट नदिमा खसेको र पौडिन जान्ने भएको ले उहाको ज्यान बचेको हमालको भनाइ छ ।
गाइबस्त भाउ बनमा चराउन लैजादा पुलदेखि नदिमा खस्ने गरेको हुदा समयमै पुल निर्माण नगरेमा आगामि दिनमा समेत थप घटना घट्ने सम्भाबना रहेको तिला -३ का वडा अध्यक्ष धन बहादुर शाहिले बताए । पुल सामान्य मर्मत गर्न वडा र पालिकाले सक्ने , झुलुङ्गे पुलको लागि पहल गरेको तर स्थानियले पक्कि पुल बनाइनु पर्छ भन्ने अडान गरेपछि समस्या सिर्जना भएको वडाअध्यक्ष शाहिको भनाइ छ ।
उता तिला गाउपालिका अध्यक्ष मोलिलाल रोकायाले उक्त स्थानमा बेलिबृज तथा पक्कि पुल बनाउन स्थानिय सरकारको बजेटले नसक्ने भएको हुदा संघ र प्रदेश सरकारलाइ अनुरोध गरेको तर पालिकाको अनुरोधलाइ बेवास्था गरेको बताए ।
जिर्ण काठेपुल मर्मतको लागि धेरै बजेट नलाग्ने भएको हुदा स्थानियले मर्मत गर्न अनुरोध गरेमा पालिकाले बजेट ब्यबस्थापन गर्न सक्ने उपाध्यक्ष गोरिकला बुढाले बताइन्।




हाम्रो कर्णाली । २१ कार्तिक २०८२, शुक्रबार १८:४६