
पुर्ण चौलागाइ।
जुम्लामा निशुल्क मोतिबिन्दु शिबिर सम्पन भएको छ ।जुन शिबिरबाट जुम्लाका ८ सय ७६ आखाका बिरामिले सेवा लिए छन्। जुम्ला बजारमा भएको शिबिरबाट १ सय २३ जना को मोतिबिन्दुको , २ जनाको सामान्य अप्रेसन र २ जनाको आखामा रगत जमेको सफा गरिएको नेपाल नेत्र ज्योति संघ जुम्लाका आखा स्वाथ्य परिक्षक दल बहादुर महताराले बताए ।६ सय ३४ जनाले सामान्य आखाको परिक्षण गरिएको आखा स्वाथ्य परिक्षक महताराको भनाइ छ ।
सिन्जा गाउपालिकामा भएको शिबिरबाट ४८ जनाले मोतिबिन्दुको अप्रेशन र २सय ४२ जनाको सामान्य आखाको परिक्षण गरिएको सिन्जा गाउपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताए ।

३ दिन जुम्ला बजार र २ दिन सिन्जामा सन्चालन भएको शिबिरबाट ८सय ७६ जनाले सेवा लिएका छन्।
जुम्लामा ४३ औ पटक शिबिर सन्चालन गर्न सफल भएको र कुनै पनि सरकारि तबरबाट सहयोग नरहेको नेपाल नेत्र ज्योति संघ शाखा जुम्लाका अध्यक्ष जगदिस चौलागाइले गुनासो गरे।
हिमालयन आखा अस्पताल पोखराको प्राबिधिक सहयोग र नेपाल नेत्र ज्योति संघ शाखा जुम्लाको आयोजनामा ५ दिने शिबिर सन्चालन गरिएको हो ।




हाम्रो कर्णाली । १८ कार्तिक २०८२, मंगलवार १९:३७